प्रदेश ५ र ६ मा प्रदेशसभाको बैठक जारी, दलका नेताहरु सम्बोधन गर्दै

बुटबल, २१ माघ । प्रदेश ५ र ६ को प्रदेशसभाको बैठक सुरु भएको छ । आइतबार दिउँसो १ बजे बोलाइएको प्रदेश ५ को पहिलो बैठकको अध्यक्षता जेष्ठ सदस्य ७९ वर्षीय बलदेव शर्मा पोखरेलले गरेका छन् बैठकमा पाँचवटा कार्यसूची रहेका छन् । बैठकमा सभामुख पोखरेलले प्रदेश प्रमुख उमाकान्त झाबाट प्राप्त अधिवेशन आहृवानसम्बन्धी पत्र पढेर सुनाएका छन् भने त्यसपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका सांसदले सम्बोधन गरिरहेका छन् बैठकलाई सुरुमा एमाले संसदीय दलका नेता शंकर पोखरेलले सम्बोधन गरेका छन् । सबै दलका नेताले सम्बोधन गरेपछि प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि पारित गरिनेछ भने सभामुखको निर्वाचनको मिति तोकेर बैठक समापन हुनेछ यता सुर्खेतमा प्रदेश ६ को प्रदेशसभा पहिलो बैठक बसिरहेको छ । पहिलो बैठकको अध्यक्षता जेष्ठ सदस्य हिमबहादुर शाहीले गरेका छन् । यो बैठकले सभामुखको निर्वाचनको मिति तोक्नुका साथै कार्यविधि पारित गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?