प्रदेश सभासदको पहलमा पिपिई !

झिमरुक । प्रदेश सभासद कृष्णध्वज खड्काको पहलमा प्युठानमा कोरोना भाइरसको उपचार गर्ने चिकित्सकले लगाउने पोशाकलगायत (पिपिई) केही सामग्री उपलब्ध भएको छ । खड्काका स्वकीय सचिव भविलाल श्रेष्ठले केही थान पोशाक, जुत्ता, स्यानिटाइजर, सर्जिकल ग्लोभ्स आदि उपलब्ध गराइएको जानकारी दिए ।

यस्तै प्युठान नगरपालिका वडा नं ८ र धर्मावती स्वास्थ्यचौकी तथा अस्थायी प्रहरी चौकी बाग्दुलाको पहलमा कोरोना भाइरस रोकथामका लागि जनचेतनामूलक माइकिङसँगै ६ सय थान मास्क वडाध्यक्ष लिलापसिंह केसीको पहलमा वितरण गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?