नेपाललाई चिनियाँ कम्पनीले दियो कोरोना परिक्षण गर्ने २ हजार किट

काठमाडौं । विश्वमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरसले नेपालमा समते प्रभाव देखाउन थालेको छ । नेपालमा बुधबार सम्म तीन जनामा कोरोनाको संक्रमण देखिएको छ ।

सोहि भाइरससँग लड्न चीनको एक कम्पनीले नेपालमा कोरोना परिक्षण गर्ने किट उपलब्ध गराएको छ । चीनको बिइजिङ मल्टिपल ट्रेड एण्ड कमर्स ब्युरोले कोरोना किट नेपाल सरकारलाई उपलब्ध गराएको हो । बुधबार ब्युरोले नेपाली दूतावासमार्फत बुधबार २ हजार किट हस्तान्तरण गरेको हो ।

व्युरोको तर्फबाट काठमाडौंमा काम गर्ने इन्टरनेसनले इन्भेस्टमेन्ट एण्ड कोअपरेसन कन्सल्टिङ सर्भिस कम्पनी प्राइभेट लिमिटेडले किट अभावमा कोरोनाको पर्याप्त परीक्षण हुन नसकेकोतर्फ ध्यान दिँदै किट उपलब्ध गराइएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?