प्रदेश २ मा फागुन २ गते सभामुख चयन हुने

जनकपुरधाम, २१ माघ । प्रदेश २ मा आगामी फागुन २ गते प्रदेश सभाको सभामुख चयन हुने भएको छ जनकपुरधाममा सम्पन्न पहिलो प्रदेशसभा बैठकले फागुन २ गतेका लागि सभामुखको निर्वाचनको मिति तोकेको हो । प्रदेश सभाको अर्को बैठक माघ २९ गते बस्नेगरी आजलाई सम्पन्न भएको छ आइतबारको बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुले सम्बोधन गरेका थिए । बैठकलाई सम्बोधन गर्दै नेताहरुले प्रदेश २ लाई सम्बृद्ध बनाउन र मधेसमा रहेको अशिक्षा र गरिबी अन्त्य गर्नु पर्नेमा जोड दिएका छन् बैठकको सुरुमा भने मधेस आन्दोलनका सहिदहरुको तस्बिर नराखेको भन्दै राजपाका सांसदहरुले हंगामा मच्चाएका थिए । अर्को बैठकदेखि मधेस आन्दोलनका सहिदको तस्बिर समेत राखिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?