कोरोना न्यूनिकरणमा दक्षिण कोरियामा रहेका नेपालीले सहयोग गर्ने

काठमाडौं । चीनको वुहान बाट शुरु भएको कोरोना भाइरसले विश्वनै आक्रान्त बनाएको छ । विश्वका शक्तिशाली राष्ट्रहरु समेत यतिबेला कोरोनाको कारण अत्तालिएका छन् । भने विश्वको कुल ग्राहस्थ उत्पादनमा नराम्रो असर पर्ने अनुमान विश्व बैंक लगायत ठुला संस्थाहरुले अनुमान लगाएका छन् । त्यस्तै नेपालमा पनि कोरोना संक्रमण पूर्ण रुपमा जोगिन सकेन। नेपालमा आजसम्म ३ जनामा कोरोना संक्रमणको पुष्टि भैसकेको छ भने यो क्रम बढ्न सक्ने अनुमान गरिएको छ ।

कोरोना संक्रमण न्यूनिकरणको लागि नेपाल सरकारले कोरोना विशेष कोष स्थापना गरेको छ । भने नेपालका विभिन्न संस्था, व्यक्ति तथा गैरआवासीय नेपालीहरुले सहयोग गरिरहेका छन् । यसैलाई मध्यनजर गर्दै देश दुखेको बेलामा असल नागारिकको कर्तब्य पुरा गर्न परदेशबाट सरकारलाई सहयोग गर्नको निमित्त एनआरएन दक्षिण कोरिया लगायत कोरियामा स्वतन्त्र सामाजिक अभियान्ताहरु संयुक्त अभियानमा एन आर एन ए कोरियाका उपाध्यक्ष यदु लामिछानेको संयोजकत्वमा समिति बनाई अभियानको संचालन गरेको छ ।

दक्षिण कोरियाबासी नेपालीहरुसंग सहयोग संकलन गरि छिटोभन्दा छिटो दक्षिण कोरियाबाट कोरोना नियन्त्रणमा आवश्यक उपकरणहरु पठाउने निर्णय गरेको जनाएका छन् । त्यस्तै त्यहाँबाट संकलन भएको सहयोगलाई अत्यन्तै पारदर्शी हिसाबले सम्बन्धित निकायमा पुर्याउने प्रतिबद्दता ब्यक्त गर्दै सहयोग संकलन अभियानका संयोजक यदु लामिछानेले यो दुखद घडीमा सम्पूर्ण कोरियाबासी नेपालीहरुले सहयोग गर्ने अनुरोध गरेका छन् ।

कोरियाबासी जनसमुदायले राज्यमा परेको बिपत्तिमा सहभागि भई सहयोग गरिदिन हुन समितिले अनुरोध गरेको छ। प्रति किट्स २० डलर पर्ने एन आर एन ए कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले जानकारि गराएका छन् ।

सबैतिर सोध खोज र कानूनी परामर्शका साथै कोरियाको किट्सको नेपालमा प्रयोग हुने बारेमा , उक्त किट्सको चेक पनि गरिसकिएको कुरा पनि जानकारि गराए ।

साथै किट्स निर्माता कम्पनिसँग आवश्यक परामर्श गरिसकेको र सामान अडर गर्न मात्र बाँकि रहेको कुरा अध्यक्ष सुवेदीले जानकारि गराए। कोरियामा रहेको ४०००० मध्ये २००० जनाले मात्र एक किट्सको दरले सहयोग गरेमा पनि नेपालमा हालको समस्यामा केहि राहत हुने देखिन्छ ।कोरियाबासी मानुभाबहरु अत्यन्तै मनकारि भएकोले दिल खोलेर सहयोग गर्नु हुनेमा यस अभियानका संयोजक तथा एनआरएनएका उपाध्यक्ष यदु लामिछानेले आशा भएको कुरा बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?