कर्जाको सावा ब्याज असुली कार्य चैत मसान्तसम्म स्थगन

काठमाडौं । सरकारले कोरोना भाइरसको प्रभावका कारण सबै बैंक तथा वित्तीय संस्थाले कर्जाको सावा ब्याज असुली कार्य चैत मसान्तसम्म स्थगन गर्ने निर्णय गरेको छ ।

अर्थमन्त्रालयमा बुधबार अर्थमन्त्री डा युवराज खतिवडाको अध्यक्षतामा बसेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले काउन्टरमा जम्मा हुन आउने र काउन्टरबाट वितरण गरिने नोटहरुलाई संक्रमणरहित (डिसइन्फेक्टेन्ट) गरेर मात्र प्रयोगमा ल्याउने व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?