सन्देश गलत भएको भन्दै मन्त्रालयले निकाल्यो यस्तो सूचना !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको तेस्रो संक्रमित व्यक्ति कतारबाट आएको बताएका छन् । तर उक्त संक्रमित व्यक्ति कतारबाट नभएर युएईबाट आएका पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले सच्याइएको सूचना निकाल्दै उक्त संक्रमित व्यक्ति कतारबाट नभएर युएईबाट नै आएको बताएको छ ।

मन्त्री ढकालले बुधवार गरेको पत्रकार सम्मेलनमा सम्मेलनमा संक्रमित बिरामी कतारबाट आएको बताएका थिए । यसबारेमा मन्त्रीसँग बुझ्दा उनले पनि भुलबस पत्रकार सम्मेलनमा गल्ती भनेकाले आफूले सच्याइसकेको प्रतिक्रिया दिए । संक्रमणको पुष्टी भएका युवक गएको मार्च १९ अर्थात् चैत ६ गते बिहीबार नेपाल आएका थिए ।

ती युवा एअर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ ९५३७० बाट चैत्र ६ गते राति १० बजेर २० मिनेटमा नेपाल उत्रिएका थिए । ती युवाले संयुक्त अरब इमिरेट्सको शारजाह विमानस्थालबाट स्थानीय समयअनुसार अपरान्ह ४ पौने ५ बजे उडान भरेका थिए ।

धादिङ घर भएका ती युवा चैत ७ गते नै धादिङ पुगेका थिए । तर स्वास्थ्यमा समस्या आएपछि चैत १० गते उनी टेकु अस्पताल आइपुगेका थिए । ज्वरो आउने र खोकी लाग्ने भएपछि टेकु अस्पतालको आइशुलेन वार्डमा भर्ना गरिएका ती युवामा चैत ११ गते साँझ कोरोना पोजिटभ को रिपोर्ट आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?