चीनमा खोलिए ५ सय सिनेमाघर, फेरी भयो यस्तो

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै फैलिएको छ । चीनको वुहान शहरबाट जन्मिएको कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभरमा १९ हजार ६ सय ५६ जनाको मृत्यु भएको छ ।

चीनमा अहिले सामान्य जनजीवन व्यातित हुन थाले पनि त्यसको संक्रमण भने सकिइसकेको छैन । मंगलवारमात्र चीनमा नयाँ ७८ जनामा कोरोना भाइरसको संक्रमण देखा परको छ भने ४ जनाको मृत्यु भएको थियो ।

चीनको जनजीवन सामान्य बन्दै गएपछि बन्द गरिएका सिनेमाघरहरु खुल्न थालेका छन् । अहिले ५०० भन्दा धेरै सिनेमाघर खुलेका हुन् । तर हैरान बनाउने कुरा त के छ भने सिनेमा घर खोले पनि एउटा टिकट नबिकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

कोरोनाको डरले कोहि पनि फिल्म हेर्न नगएको बताइएको छ । फिल्म समिक्षक अतुल मोहनले एक ट्वीट गर्दै लेखेका छन्, चीन आफ्नो ब्यापार तिर बढिरहेको छ र ५ सय भन्दा धेरै सिनेमा घर खोलिएको छ ।

चीनमा ७० हजार भन्दा धेरै सिनेमा घर छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?