प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीबाट दर्ज्यानी चिन्हद्वारा सुशोभन

काठमाडौं । प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति हुनुभएका वरिष्ठ प्रहरी अधिकृतहरुलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच दर्यारीनी चिन्हद्वारा सुशोभन गरे ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी अतिरिक्त महानिरीक्षकहरुमा तारिणी प्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाल रहेका छन् । नेपाल सरकार ९मन्त्रीपरिषद० को २०७६ चैत ९ गतेको निर्णयअनुसार उनीहरु प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका हुन् ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक ज्ञवालीले पदोन्नति भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नति पछिको सांगठनिक योगदान थप महत्वपूर्ण हुने भएकोले नेतृत्व, निर्णय क्षमता, सांगठनिक दृष्टिकोणप्रति दृढ अडान राख्दै आफ्नो ज्ञान, सीप, क्षमताको प्रदर्शन गरी काम गर्नुपर्ने बताए । प्रहरी अधिकृतहरुको मेहनत, लगनशिलता, इमानदारिता र प्रष्ट सेवाभावको कदर स्वरुप पदोन्नति भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले संगठनलाई थप चलायमान बनाउनेतर्फ लाग्नुपर्ने उनले बताए ।

नेपाल प्रहरीको मुख्य कार्य नै अपराध अनुसन्धान भएकोले यसमा थप सिपयुक्त जनशक्ति विकास गर्ने, संगठनको भावि रणनीति मजबुत बनाउने र फिल्डमा कार्य गर्ने प्रहरी कर्मचारीको मनोबल उच्च बनाउनेतर्फ सचेत भएर लाग्न उहाँले प्रहरी अधिकृतहरुलाई निर्देशन दिए । एउटै नेपाल प्रहरी संगठनको रुपमा रहेको संगठनलाई प्रदेशस्तरमा समायोजन गर्ने चुनौती हाल नेपाल प्रहरी सामु रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले चुनौतीबीच अवसर खोजेर संगठनको श्रीवृद्धितर्फ लाग्नु सबै प्रहरी अधिकृतहरुको दायित्व भएको चर्चा गरे ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) को प्रकोपलाई नेपाल प्रहरीले धैर्यता, निष्पक्षता, सहनशिलताका साथ आफूलाई प्राप्त सीप परीक्षण गरेर देखाई नेपाल प्रहरीको जनता र राष्ट्र सेवा गर्ने अवसरको रुपमा स्वीकार गर्नुपर्ने उनले उल्लेख गरे ।

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक तारिणीप्रसाद लम्सालले व्यवसायिक क्षमता, नागरिक र राष्ट्रप्रतिको सेवाभावको मूल्याङकन स्वरुप भएको पदोन्नतिले थप जिम्मेवारी बोध भएको बताए । गौरवमय इतिहास बोकेको प्रहरी संगठनको श्रीवृद्धिको लागि आफूहरु प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक लम्सालले आपसी एकता र भातृत्वभाव, व्यावसायिक निष्ठा र जिम्मेवारीबोधका साथ कर्तव्य निर्वाह गर्ने बताए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक डा। आशा सिंह, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?