नेपाल टेलिकमको लकडाउन राहतः रिचार्ज बराबर १०० प्रतिशत बोनस

काठमाडौं । प्रत्येक रिचार्ज बराबर सात प्रतिशत आफ्ना ग्राहक लाइ दिने निर्णय नेपाल टेलिकमले गरेको छ । यो ब्यबस्था बुधबार रातको १२ बजेपछि गरिने रिचार्जमा लागु हुनेछ । देश कोरोना भाइरस महामारी को कारण लकडाउनमा रहेको विषम परिस्थिति लाइ मध्यनजर गर्दै हाम्रा ग्राहकहरु लाइ नेपाल टेलिकमको तर्फ बाट राहत प्रदान गर्ने सानो प्रयास गरिएको टेलिकम का प्रबन्ध निर्देशक डिल्लीराम रेग्मीले लोकपथ लाइ बताएका छन् ।

यो हाम्रो रास्ट्र र अफ्ना ग्राहकप्रतिको दायित्व हो, आबस्यक परे अन्य सहयोग को लागि समेत नेपाल टेलिकम अगाडी आउने प्रबन्ध निर्देशक रेग्मीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?