लक्ष्मी समूहद्वारा एक करोड सहयोग घोषणा

काठमाडौं । लक्ष्मी ग्रुपले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई एक करोड रुपैयाँको आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा उक्त रकम जम्मा गरिने कार्यकारी निर्देशक अन्जन श्रेष्ठले बताएका छन् ।

कोरोना भाइरस सक्रमण र नेपालका अस्पताल हरुमा बिरामी हरुको बढ्दो चाप लाइ मध्ये नजर गर्दै लक्ष्मी समूहले देशका विभिन्न सार्वजनिक अस्पातलमा कोरोना भाइरसको प्रारम्भिक स्क्रीनिंगका लागि फिभर क्लिनिक स्थापनाका लागि पनि पहल सुरु गरेको छ। यस्ता क्लिनिकको स्थापनाको लागि लक्ष्मी समूहले आर्थिक सहयोग उपल्बध गराउने छ भने हेल्थ एट होम कार्यान्वयन साझेदारको रुपमा काम गर्ने समूहले जनाएको छ।

लक्ष्मी ग्रुपले आफ्नो कर्पोरेट सोसियल रेस्पोसिबिलिटिलाइ निरन्तर बढाउने भन्दै सम्पुर्ण नेपालीलाई आ-आफनो क्षेत्रबाट सहयोग गर्न पनि अपिल गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?