जनकपुरधाम, २१ माघ । प्रदेश २ को पहिलो बैठकमा नै संसद अवरुद्ध पार्ने क्रम सुरु भएको छ प्रदेशको दोस्रो ठूलो दल राजपाका सांसदहरुले मधेस आन्दोलनका सहिदका तस्वीर बैठकस्थलमा नराखेको भन्दै प्रदेशसभा बैठक अवरुद्ध गरेका हुन् प्रदेश संसदको बैठक सुरु भएलगत्तै राजपा सांसद मनिष सुमनले मधेस आन्दोलनका सहिदहरुको फोटो राख्न माग गरेका थिए । सभामुखको आसन अगाडि जनआन्दोलनका सहिदहरुको तस्वीर राखिएपनि मधेस आन्दोलनका सहिदको तस्बिर नराखेको भन्दै उनले आपत्ति जनाएका थिए त्यसपछि राजपा सांसद डिम्पल झाले मधेसका सहिदको तस्वीर नराखेसम्म बैठक अघि बढ्न नसक्ने बताएपछि सांसदहरु उठेर बैठक अवरुद्ध पारेका थिए । राजपाका सांसदले बैठक अवरुद्ध पारेपछि एमाले सांसदहरुले भने बैठक अवरुद्ध पार्न नपाईने भन्दै विरोध गरेका थिए त्यसलगत्तै बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य ललन चौधरीले अर्को बैठकमा मधेस आन्दोलनका सहिदहरुको तस्बिर राख्न रुलिङ गरेका थिए । त्यसपछि नियमित कार्यसूचीमा बैठक प्रवेश गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया