सांसद राणाद्वारा १ महिनाको तलब कोरोना विशेष कोषलाई सहयोग

हेटौँडा । बाग्मती प्रदेश सभा सदस्य बिजुला वर्मा राणाले एक महिनाको तलब कोरोना सहयोग कोषमा जम्मा गरेकी छिन् । नेपाली कांग्रेसकी युवा नेतृको रुपमा परिचय बनाएकी सांसद वर्माले आफ्नो सामाजिक सञ्जाल मार्फत कोषमा सहयोग गर्ने घोषणा गरेकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छिन् “कोभिड १९ विरुद्धको राहत कोषमा एक महिनाको तलब दिने घोषणा गर्दछु । सबै माननीय ज्युलाइ यो बिपदको घडीमा जुट्नका लागि विनम्र आग्रह” उनले अन्य सांसदहरुलाई पनि सहयोगको लागि आग्रह गरेकी छिन् । सिन्धुलीबाट प्रतिनिधित्व गर्ने सांसद बर्मा कांग्रेसको विद्यार्थी र महिला संगठन पृष्ठभुमिमा आएकी हुन् । बाग्मती प्रदेशको प्रदेश सभामा खरो रुपमा आफ्नो प्रस्तुती दिँदै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?