कोरोना व्यवस्थापनमा स्थानीय सरकारको राप्रपा पाँचथरद्वारा ध्यानाकर्षण

पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँचथरले कोरोना भाइरस महामारीको समयमा स्थानीय सरकारहरूको जिम्मेवार भूमिकाका लागि ध्यानाकर्षण गरेको छ ।

‘कोरोना भाइरस प्रकोपले मानव समाज नै आक्रान्त छ । यस संकटको घडीमा पाँचथरका स्थानीय सरकारहरूले उच्च सतर्कता अपनाउनु अत्यन्त जरुरी छ । स्थानीय जनताका लागि आवश्यक सूचना, व्यवस्थापन, सम्पर्क र उपचार विधी प्रक्रिया व्यवस्थित गर्नु पर्दछ,’ राप्रपा पाँचथर जिल्ला अध्यक्ष राजकुमारी जोशीले भने ।

महामारीको समयमा सरकार र स्वास्थ्यकमीहरूको प्रयासलाई सहयोग गर्नु पर्दछ भन्दै जोशीले भने, ‘लकडाउनको समयमा स्थानीय जनताले पनि उच्च सजगताका साथ जिम्मेवारी बहन गरौं । सामाजिक दूरी कायम राख्ने, अलग्गै बस्ने, घरमै बस्ने, सुरक्षित बस्ने कार्य जारी राखौं । हामी सबैले सरकार, स्वास्थ्यकर्मी लगायतका जारी प्रयासलाई सहयोग गरौं ।’

पछिल्ला दिनमा जिल्ला बाहिर बसोबास गर्दै आएको जनसंख्याले पाँचथर भित्र प्रवेश गरेको भन्दै राप्रपा जिल्ला अध्यक्ष जोशीले फेसबुक पेजमा भने, ‘यसै पनि कोरोना महामारीको हकमा कुनै सीमा छैन । यस अवस्थालाई ध्यानमा लिएर पाँचथरका सबै स्थानीय सरकारहरूले आवश्यक व्यवस्थापन र संयोजन अगाडि बढाउनु पर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?