मेस्सीद्वारा कोरोना संक्रमित बिरामीको उपचारका लागि एक मिलियन युरो सहयोग

काठमाडौं । अर्जेन्टीनी फुटबलर लियोनेल मेस्सीले कोरोना भाइरस संक्रमणका बिरामीको उपचारका लागि एक मिलियन युरो सहयोग गरेका छन् । मेस्सीले स्पेनको बार्सिलोनास्थित एक पब्लिक अस्पताललाई कोरोना भाइरसका बिरामीको उपचारका लागि उक्त रकम सहयोग गरेका हुन् । कोरोनाको चपेटामा परेको स्पेनको बार्सिलोनास्थित एउटा का लागि मेस्सीले उक्त रकम दिएका हुन् ।

मेस्सीले रकम प्रदान गरेको जानकारी उक्त अस्पतालले आफ्नो फेसबुक र ट्विटर पेजमार्फत पनि दिएको छ । मेस्सीसँगै बार्सिलोनाका पूर्वप्रशिक्षक पेप ग्वार्डिओलाले पनि एक मिलियन युरो रकम बराबरको स्वास्थ्य सामाग्री खरिदका लागि अस्पताललाई प्रदान गरेका छन् ।

त्यसैगरी पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र उनका एजेन्ट जर्ज मेन्डेसले पनि लिस्बन र पोर्टोस्थित दुई अस्पताललाई एक मिलियन युरो सहयोग गरेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?