काठमाडौं । ललाई फकाइ गेष्ट हाउस लगेर किशोरीको बलात्कार गर्ने एक जना पक्राउ परेका छन् । सिरहा कमलामाई नगरपालिका–१ घर भइ काठमाडौं सितापाइला बस्ने ३८ वर्षीय भुवन विकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
विकले कलंकीस्थित एक गेष्ट हाउसमा लगेर किशोरीको बलात्कार गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया