रोनाल्डोले गरे कोरोनाविरुद्ध लड्न १ मिलियन युरो सहयोग

काठमाडौं । पोचुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले कोरोना भाईरसविरुद्ध लड्न आर्थिक सहयोग गरेका छन् ।

पोर्चुगलका कप्तान रोनाल्डो र उनका एजेन्ट जोर्गे मेन्डिसले कोरोनाविरुद्ध लड्न १ मिलियन युरो सहयोग गरेका छन् । उनीहरुले पोर्टो र लिस्बनको एक एक अस्पताल उक्त सहयोग गरेका हुन् । रोनाल्डो र मेन्डिसले कोरोनाका विरामी उपचारको लागि भेन्टीलेटर र बेड निर्माणका साथै अन्य आवश्यक सामग्री खरिदका लागि लिस्बनको सान्टा मारिया अस्पताल र पोर्टोको सान्टो एन्टोनियो अस्पताललाई सहयोग गरेका हुन् ।

चीनबाट फैलिएको कोरोनाको कारण विश्व खेलकुद ठप्प रहेको छ । तर, विश्वका धेरै खेलाडीले कोरोनाविरुद्ध लड्न आर्थिक सहयोग गर्दै आइरहेका छन् ।

बार्सिलोनाका कप्तान लियोनल मेस्सी, म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डीवाला लगायतले कोरोनाविरुद्ध लड्न आर्थिक सहयोग गरिसकेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?