राजपाका सांसदले केन्द्रीय कोषमा १५ दिनको तलब जम्मा गर्ने

काठमाडौं । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले गठन गरेको केन्द्रीय कोषमा रकम जम्मा गर्ने प्रतिवद्धताहरु आइरहेका छन् । कतिपयले जम्मा पनि गरिसकेका छन् ।

त्यसैगरी, आज राष्ट्रिय जनता पार्टी नेपालले आफ्ना सांसदका १५ दिन बराबरको तलब सो कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

पार्टीका प्रवक्ता केशव झाका अनुसार राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले सरकारद्वारा स्थापित केन्द्रीय कोषमा पार्टी सांसदका १५ दिन बराबरका तलब जम्मा गर्ने निर्णय गरेका छन् ।

यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र काँग्रेस पार्टीका सांसदहरु पनि १५ दिन तलब कोषमा जम्मा गर्ने घोषणा गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?