जनकपुरधाम, २१ माघ । प्रदेश २ मा एमालेभित्र चरम गुटबन्दी देखिएको छ । एमालेभित्रको आन्तरिक किचलोका कारण प्रदेश सभाको बैठकमा समेत दुई जना नेताले सम्बोधन गर्ने भएका छन् प्रदेसभा बैठकमा कसले सम्बोधन गर्ने भन्ने विषयमा अध्यक्ष केपी ओली पक्ष र माधव नेपाल पक्षबीच सहमति नभएपनि दुवै गुटका नेताले पालैपालो बोल्ने भएका हुन् प्रदेशसभामा कसले सम्वोधन गर्ने भन्ने विषयमा छलफल गर्न जनकपुरधाममा एमाले प्रदेश संसदीय दलको बैठक बसेको थियो । बैठकमा पूर्वमन्त्रीसमेत रहेका सत्यनारायण मण्डलले दलको तर्फबाट आफूले सम्बोधन गर्ने बताए एमाले स्थायी समिति सदस्य समेत रहेका मण्डल ओली निकट नेता हुन् । तर, प्रदेशसभा बैठकमा आफूले बोल्न पाउनुपर्ने माधव नेपाल पक्षका नेता शत्रुधन महतोले दाबी गरेपछि सहमति नजुटेको हो उनी एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री हुन् । उनीहरु दुवैले प्रदेश २ को संसदीय दलको नेतामा समेत दाबी गर्दै आएका छन् । एमालेले प्रदेश संसदमा बोल्न पाउने १० मिनेटमा दुवै जनाले ५÷५ मिनेट बोल्ने स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया