२०७६, १२ चैत्र बुधबार ११:०१

‘लकडाउन’को दोस्रो दिन यस्तो छ काठमाडौंको अवस्था (फोटोफिचर)


प्रकाशित मिति : २०७६, १२ चैत्र बुधबार ११:०१

काठमाडौं । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले मंगलवारबाट देशभर लकडाउन गरेको छ ।

अरुबेला एकदम व्यस्त र सवारीको चापाचाप हुने काठमाडौंका सडकहरु सुनसान भएका छन् । सडकमा सेना, प्रहरी, पत्रकार तथा एम्बुलेन्स र अति आवस्यकिय सवारी साधन मात्र देखिएको छ ।

तर केहि मानिसहरु सरकारको यो नीति विपरित मनिङ वाक जाने, हिँडडुल गर्ने, भेटघाट गर्ने काम गरिरहेका छन् । तर विकसीत मुलुकहरु आज कुन हालतमा पुगेका छन् ? यो हविगत हामीले व्यहोर्नु पर्यो भने ? त्यसैले सरकारले अपनाएको नीतिमा साथ दिनु सचेत नागरिकको दायित्व हो । हामी जहिल्यै अरुको टाउकोमा दोष थोपार्छौ तर आफू जिम्मेवार बन्नुपर्ने ठाउँमा हेक्का राख्दैनौँ । उल्लंघन गर्छौ भने हामीले आफू , आफ्नो परिवार समाज र राष्टको लागि केहि पनि दिन सक्दैनौँ, नोक्सानी सिवाय । सोचौँ । सावधान होऔँ । सचेत बनौँ ।

 

प्रतिक्रिया दिनुहोस