सलमान खानलाई फिल्म राधेको चिन्ता

काठमाडौं । ईदमा बलिउड अभिनेता सलमान खान आफ्ना प्रशंसक र फ्यानहरुका लागि फिल्म उपहार स्वरुप प्रदर्शनमा ल्याउने गर्दछन् ।

यस पटक उनले ईदका दिन सार्वजनिक हुने फिल्म इन्साल्लाहवाद बन्द भएपछि चिन्तित बनेका सलमानले फेरी राधे नामक चलचित्र ईदको दिन नै रिलिज गर्ने मिति लगभग पक्का जस्तै भएको थियो । तर ईदकै दिन उक्त फिल्म रिलिज गर्नका लागि उनीसँग समय एकदमै कम रहेको छ ।

फिल्महरुको शुटिङ पनि विश्वभर महामारीको रुप लिएर फैलिइरहेको कोरोनाका कारण ठप्प भएको छ । तर सलमानले अझै पनि ईदका दिन आफ्ना फ्यान र प्रशंसकहरुलाई फिल्म दिने आशा दिलाईरहेका छन् ।

अब घरमै बसेर भएपनि फिल्म राधेको इडिटिङ गर्ने र ईदकै दिन फिल्म रिलिज गर्ने उद्देश्यले काम भईरहेको भारतीय सञ्चारमाध्यमहरुले बताइरहेका छन् ।

प्रभुदेवाद्वारा निर्देशित फिल्म राधेको थोरै शुटिङ अझै पनि बाँकी रहेको छ । मार्चको अन्त्यमा शुटिङका लागि थाइल्याण जाने प्लान थियो तर शेडयुल अहिले क्यान्सिल गरिएको छ ।

थाईल्याण्ड वाला सिन अब मुम्बईमै शुटिङ गर्ने बताईएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?