काठमाडौं । गुल्मी घर भइ महालेखा नियन्त्रण कार्यलयमा शाखा अधिकृतको रुपमा कार्यरत रहेकी शारदा मरासिनीले आफ्नो एक महिनाको तलब सरकारी राहत कोषमा दिने घोषणा गरेकी छिन् ।
विकसित मुलुक देखि बिकासोन्मुख देशका जनमानसमा सन्त्रास फैलाउदै फैलिएको कोरोना भाइरसको विरुद्दमा नेपाल सरकारले खोलेको आपतकालिन राहत कोषमा एक जनाको तलब राहत कोषमा जम्मा गर्ने घोषण गरेकी हुन् ।
लोकपथसँग कुराकानी गर्दै उनले भनिन् हामी दुबै जना सरकारी सेवामा रहेकोले यस महिना एक जनाको तलबले घरपरिवार चलाइ एक जनाको एक महिनाको तलब उक्त राहत कोषमा जम्मा गरि सरकारलाई सहयोग गर्ने निर्णय गरिएको बताईन् । उनका श्रीमान प्रहरी निरिक्षक गोविन्द पन्थी हाल महानगरिय प्रहरी प्रभाग साँखुमा प्रमुखको रुपमा कार्यरत छन् । उनको यस्तो कार्यले अन्य कर्मचारीलाइ समेत सरकारी राहत कोषमा रकम जम्मा गरि अफ्ठेरोमा पर्दै गरेको सरकारलाइ सहयोग पुग्ने उनले ठानेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया