मेस्सी भन्दा रोनाल्डो उत्कृष्ट !

मेक्सिकोका फरवार्ड एलन पुलिडोले पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो विश्वको उत्कृष्ट खेलाडी भएको बताएका छन् । फक्स स्पोर्ट्ससँगको अन्तर्वार्तामा एलनले बार्सिलोनाका लियोनल मेस्सी भन्दा रोनाल्डो उत्कृष्ट भएको दाबी गरेका हुन् ।

अमेरिकी मेजर लिग सकर टिम स्पोर्टिङ कान्सास सिटीका २९ वर्षे फरवार्डले मेस्सी भन्दा रोनाल्डो मानसिक र शारीरिक रुपमा फिट रहेको कारण उत्कृष्ट भएको बताए ।

मलाई लाग्छ रोनाल्डोले कडा मेहेनत र अभ्यास गर्छन । जसको कारण उनी शारीरिक र मानिसिक रुपमा उत्कृष्ट छन्, उनले भने, मेस्सीसँग प्राकृतिक प्रतिभा छ तर रोनाल्डो मेस्सी भन्दा धेरै उत्कृष्ट छ । विश्व फुटबलमा मेस्सी र रोनाल्डोबीच को उत्कृष्ट भन्ने बिषयमा लामो समयबाट विवाद रहदै आएका छन् । दुवैले विश्व फुटबलमा थुप्रै कीर्तिमान समेत बनाएका छन् । तर, मेक्सिकन फरवार्डले भने रोनाल्डो उत्कृष्ट भएको दाबी गरेका छन् ।

अमेरिकी लिगका उत्कृष्ट फरवार्डको रुपमा रहदै आएका एलेनले यस सिजन २ खेलमा २ गोल गरिसकेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको कारण भने अमेरिकी लिग समेत बन्द रहेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?