च्याम्पियन्स लिगको फाइनल स्थगित

काठमाडौं । विश्व खेलकुद गतिविधि नै प्रभावित पारेको कोरोना भाइरस महामारीका कारण युइएफए च्याम्पियन्स लिगको फाइनल खेल स्थगित भएको छ ।

युइएफएले यस सिजनको सबै प्रमुख प्रतियोगिताको फाइनल स्थगित गरेपछि केही च्याम्पियन्स लिग र युरोपा लिगका नकआउट चरणका बाँकी रहेका खेल पनि वान लेग गराउने सम्भावना जनाएको छ ।

युइएफएले यसका साथै वुमन्स च्याम्पियन्स लिगको फाइनल खेलपनि स्थगित गरेको छ । फाइनलको नयाँ मिति युइएफएले पछि तय गर्नेछ ।
युइएफएले युरोकप २०२० पनि एक वर्षपछि २०२१ मा मात्र हुने भएको छ ।

यसका साथै युरोपेली फुटबलका प्रमुखलिग पनि स्थगित भएको छ । स्पेनिस ला लिगा अनिश्चतकालका लागि स्थगित भएको छ भने इटालियन सिरि ए अप्रिल ३ सम्म स्थगित छ । साथै इंग्लिस प्रिमियर लिग अप्रिल ३० सम्मका लागि स्थगित गरिएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?