यी हुन् सबैभन्दा युवा महिला अन्तरिक्ष यात्री, मंगल ग्रह जाने गर्दैछिन् तयारी

काठमाडौं । भ्याटन रुज मुलकी १८ वर्षीया एलिसा संसारकै सबैभन्दा युवा अन्तरिक्ष यात्री हुन् । त्यति मात्र होइन, उनी अमेरिकी अन्तरिक्ष एजेन्सी नासाबाट मंगल ग्रहमा पहिलो मानवको रुपमा जाने तयारी गरिरहेकी छन् ।

एलिसा कार्सन १५ वर्षको उमेरदेखि नै फ्लोरिडा टेक्निक विश्व विद्यालयमा एष्ट्रो बायोलोजीको अध्ययन गरिरहेकी छन् । उनी अहिले सम्मकै कम उमेरकी कलेज फ्रेशम्यान हुन्, जसलाई प्रतिष्ठित एडवान्स्ड पसम स्पेस एकेडेमीमा प्रवेश दिइएको छ ।

साथै त्यहाँ उनी एप्लायड एस्ट्रोनोटिक्सका लागि पनि चुनिएकी छन् । त्यहाँ उनी पृथ्वीको कक्षासम्म उडान भर्ने र अन्तरिक्ष यात्राको प्रशिक्षण लिइरहेका छिन् ।

उनले अन्तरिक्ष पर्यटनका लागि संसारकै पहिलो व्याग पनि बनाएकी छन् । ब्यागलाई ‘हरिजन वन लग्गेज लाइन’ भन्ने नाम दिइएको छ । यो ब्याग अन्तरिक्षको यात्रा गर्नका लागि अनुकुल सामानका लागि डिजाइन गरिएको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?