सरकारले मेडिकल सामान आयात गर्न नीजि क्षेत्रसँग समन्वय गर्ने

काठमाडौं । सरकारले कोरोना उपचार सम्बन्धी आवस्यक मेडिकल सरसामान आयात गर्न निजी क्षेत्रसँग समन्वय गरेर थप आयात गरिने निर्णय गरेको छ ।

मंगलवार सिंहदरवारमा बसेको कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकले उक्त निर्णय गरेको हो । यसैगरी सरकार बाहेक अन्य संस्थाले आर्थिक प्याकेजका लागि कोष संचालन गर्न नपाउने र कोष गठन गरेको भए अर्को सातासम्ममा सरकारी कोषमा रकम जम्मा गर्न अनुरोध गर्ने निर्णय समेत उच्चस्तरीय समितिले गरेको छ ।

सरकारले कोरोना भाइरस नियन्त्रणका लागि ५० करोडको कोष स्थापना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?