के ‘जुडवा ३’ मा खेल्दैछन् अभिनेता टाइगर श्रफ ?

काठमाडौं । केहि दिन अगाडि साजिद नाडियाडवालाले जुडुवा ३ को प्लानिङ गरिरहेको ईशारा गरेका छन् । उनलाई पत्रकारले उक्त फिल्ममा सलमान खान वा वरुण धवन को हिरो राख्ने भनेर प्रश्न गरेका थिए ।

उनले उक्त दुई मध्ये कोहि पनि नभएको बताएका छन् । किनभने प्रत्येक फिल्ममा आफूले नयाँ हिरो खेलाउने बताएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

तर भारतीय सञ्चारमाध्यमका अनुसार उक्त फिल्ममा अभिनेता टाक्ष्इगर श्रफलाई फिल्ममा स्थान दिन सकिने बताएका छन् ।

टाइगरसँग साजिदले यस अगाडि पनि चलचित्रमा काम गरिसकेका छन् र साजिदको कुनै पनि कुरामा टाइगर नाई भन्दैनन् ।

टाइगरलाई एक्सनको साथै थोरै कमेडी गर्न लगाइयो भने उनी भन्दा उपर्युक्त व्यक्ति फिल्ममा सायदै कोहि नहुने भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?