घरबाटै बिमा सेवा दिने महालक्ष्मी लाइफको घोषणा

काठमाडौं । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी देशभर लकडाउन गरेसँगै महालक्ष्मी लाइफले आफ्नो सेवा विद्युतीय माध्यमबाट घरमै बसेर काम गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।

अर्को सूचना जारी नहुन्जेलसम्मका लागि नवीकरण बीमा रकम बैंक खाताहरुमा विद्युतीय माध्यमबाट जम्मा गर्न पनि कम्पनीले आफ्ना ग्राहकहरुलाई अनुरोध गरेको छ।

१० हजार अधिक आफ्ना बिमा अभिकर्ताहरुलाइ सुरक्षित तवरमा घरबाटै बिमा सेवा प्रदान गर्न बिमकहरुलाई आवस्यक मद्दत गर्ने महालक्ष्मी लाइफले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?