लकडाउनको बेला ट्रकले ठक्कर दिँदा वडाध्यक्ष घाइते

काठमाडौं । लकडाउनको कारण मुलुकभर सार्जवनिक तथा भाडाका यातायात बन्द भइरहेको बेला ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते भएका छन् ।  दुर्गाथली गाउँपालिकामा ट्रकले भण्डारी गाउँ नजिकै मोटरसाइकललाई ठक्कर दिँदा अध्यक्षसहित २ जना घाइते भएका हुन् ।

ना ४ ख ३७८० नम्बरको ट्रकको ठक्करबाट वडा नम्बर ४ का अध्यक्षसहित २ जना घाइते भएका छन् । दुर्घटनामा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता ३० वर्षीय महेशप्रसाद जोशी र वडा नम्बर २ की २६ वर्षीय कला मिश्र घाइते भएका हुन् । उनीहरुको जिल्ला अस्तालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?