२०७६, ११ चैत्र मंगलवार १६:०७

सात प्रकारका हुन्छन् कोरोना भाइरस, सबैभन्दा डरलाग्दो कुन ?


प्रकाशित मिति : २०७६, ११ चैत्र मंगलवार १६:०७

काठमाडौं । चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस (कोभिड-१९) का कारण अहिले सम्म सारा विश्वभरमा १६ हजार ५ सय ७८ जनाको मृत्यु भएको छ भने ३ लाख ८२ हजार ५७ जनामा यसको संक्रमण दखा परेको छ ।

त्यस्तै विश्वका १९५ देशमा कोरोनाका संक्रमितहरु फेला परेका छन् । कोरोना भाइरस सात प्रकारको हुने वैज्ञानिकहरुले दाबी गरेका छन् । तर ति मध्ये एक प्रकारको कोरोना भाइरस भने अत्याधिक खतरानाक हुने गरेको वैज्ञानिकहरुले बताएका छन् ।

उक्त कोरोना भाइरसको नाम हो नोबेल कोरोना भाइरस (एनसीओबी कोभिड-१९) । यो कोरोना परिवार मध्येको सातौँ सदस्य हो । आउनुहोस् जानिराखौँ, कोभिड-१९ भन्दा पहिला कुन-कुन कोरोना भाइरस थिए त ?

१. ह्युम्यान कोरोनाभाइरस एस २२९ ई

ह्युम्यान कोरोनाभाइरस एस २२९ ई पनि कोरोना भाइरसका परिवारको एक सदस्य हो । यो भाइरसले मानिसहरु र चमेरोलाई संक्रमित बनाउँदछ ।

यो भाइरसको सिएक सिंगल स्ट्राण्डेड आरएनए भाइरस हो जो, एपीएन रिसेप्टरको माध्यमबाट मानिसहरुको कोशिकामा प्रवेश गर्दछ । एचसीओभी-२२९-ई को लक्षण भनेको धेरै जाडो हुने र अत्याधिक खोकी लाग्ने हो ।

२. ह्युम्यान कोरोना भाइरस एनएल ६३

एचसीओबी-एनएल ६३ पनि एक किसिमको कोरोना भाइरस हो । सन् २००४ को अन्तिममा यसको पहिचान भएको थियो ।

भाइरस साना बच्चा, वृद्ध र तीव्र श्वासप्रश्वास सम्बन्धीका रोगीहरुलाई धेरै लाग्ने गर्दछ । यो भाइरस सबैभन्दा पहिला नेदरल्याण्डस्का ब्रोन्कोलाइटिसका सात महीनाका बच्चालाई लागेको थियो ।

३. ह्युम्यान कोरोनाभाइरस ओसी ४३

एचसीओवी-ओसी-४३ भने त्यति धेरै खतरनाक भाइरस होइन । यो भाइरसबाट संक्रमित मानिसहरुमा सामान्य रुघाखोकी र ज्वरोको लक्षण देखापर्दछ ।

४. ह्युम्यान कोरोनाभाइरस एचकेयु १

एचसीओबी-एचकेयु-१ भाइरस सन् २००५ मा देखिएको थियो । उक्त भाइरस एक ७१ वर्षका व्यक्तिमा पाइएको थियो । यस भाइरसको संक्रमणबाट ग्रसित बिरामीमा तीव्र श्वासप्रश्वासको समस्या देखा पर्ने गर्दछ ।

५. सार्स

सार्सका कारण चीनमा सन् २००२ मा ८ हजार ९८ जना संक्रमित भएका थिए भने संक्रमित मध्ये ७ सय ७४ जनाको मृत्यु भएको थियो । तर यो भाइरस कहाँबाट आएको थियो भन्ने कुरा अहिलेसम्म थाहा पाइएको छैन ।

वैज्ञानिकहरुले यो भाइरस पशुहरुबाटै मानिसमा फैलिएको बताएका थिए । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार सार्स पनि एक प्रकारको कोरोना भाइरस नै थियो ।

६. मर्स कोरोना भाइरस

मर्स कोरोना भाइरस मानिसमा संक्रमण गर्ने वाला भाइरस हो । मर्सका रोगिहरुमा खोकी, निमोनिया र खराब किड्नी जस्ता लक्षण पाइने गर्दछन् ।

यो पनि एक ज्यानमारा भाइरस हो र यसले पनि महामारीको रुप लिन सक्ने वैज्ञानिकहरुले बताएका छन् । मर्स कोरोना भाइरस सन् २०१२ मा साउदी अरबमा भेटिएको थियो ।

यो भाइरस पनि कोरोना भाइरसको पूर्वज भएको शोधकर्ताहरुले बताएका छन् । यो भाइरस उँटको माध्यमबाट मानिसमा सरेको थियो ।

७. नोवेल कोरोना भाइरस

नोवेल कोरोना भाइरस (कोविड-१९) कोरोना परिवारको सबैभन्दा खतरनाक भाइरस हो । यो ३१ डिसेम्बर सन् २०१९ मा चीनको हुवावे प्रान्तको वुहान शहरमा जन्मिएको थियो । र अहिलेसम्म १९५ देशमा फैलिइसकेको छ ।

यसको लक्षण अत्याधिक ज्वरो आउने, खोकी लाग्ने, टाउको दुख्ने, श्वासप्रश्वासमा समस्यामा हुने आदि हुन् । यसको लक्षण सार्स र मर्समा मिल्दोजुल्दो रहेको छ ।

कोभिड-१९ को अनुवांशिक संरचना ८० प्रतिशत चमेरोमा पाइने वाला सार्स भाइरसको जस्तै छ । तर यस भाइरसको अहिलेसम्म कुनै औषधी बनेको छैन ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस