कोरोनाको कारण यस वर्षको घोडेजात्रा स्थगित

काठमाडौं । विश्वव्यापी फैलिएको कोरोनाको कारण यस वर्षको घोडेजात्रा रोकिएको छ । प्रत्येक वर्ष नेपाली सेनाले टुँडिखेलस्थित सैनिक मञ्चमा मनाउने घोडेजात्रा यो बर्ष स्थगित गरिएको हो ।

नेपाली सेनाको मुख्यालयका अनुसार सेनाको राष्ट्रिय पर्व ‘घोडेजात्रा समारोह’हाल विश्वमा फैलिरहेको कोरोना भाईरस (कोभिड(१९) को जोखिमलाई मध्येनजर गरि यस वर्ष स्थगित गरिएको जनाइएको छ ।

कोरोनाको संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले मंगलवार विहानबाट पुरै नेपाल लकडाउन गरेको छ । त्यसै अनुसार नेपाली सेनाले परम्परालाई कायम राख्ने उद्देश्यका साथ आन्तरिक रुपमा सिमित व्यक्तिहरुको उपस्थितीमा आयोजना गर्ने योजना गरेको थियो ।

तर कोरोना भाईरस संक्रमणको कारणबाट उत्पन्न भएको जोखिमलाई मध्येनजर गरि नेपाल सरकारद्वारा मिति २०७६ चैत्र १० गते सो को रोकथाम र निर्मुल गर्न लिइएको निर्णय बमोजिम समारोह स्थगित गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?