कोरोनाको महामारी फैलिएपछि स्पेनमा स्पेनिस ला लिगा लगायत सम्पूर्ण फुटबल गतिविधि अनिश्चित कालका लागि स्थगित गरिएको छ ।
स्पेनिस सरकारले कोरोनाको महामारी समाप्त भएको घोषणा नगरेसम्म स्पेनिस फुटबल महासंघ र ला लिगाले फुटबलका सबै गतिविधि बन्द गर्ने निर्णय गरेको हो ।
अहिले साविक विजेता बार्सिलोना लिगको शीर्ष स्थानमा छ । बार्सिलोनाले २७ खेलबाट ५८ अंक बनाएको छ । बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई दुई अंकले पछि पारेको छ । रियलको ५६ अंक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया