एलपीजी ग्यासलाइ चुनौती दिँदै बायोग्याँस

काठमाडौं । नेपालमा एलपीजी ग्याँसको ठुलो माग छ । प्रति बर्ष देश भित्र करीब ४ करोड ८० लाख मेट्रिक टन ग्यास खपत हुने गरेको छ । नेपाल एलपीजी ग्याँस मा पूर्ण रुपमा आयातमा निर्भर रहेको छ। यसै कारण बेला बेलामा ग्यास को आपूर्तिमा समस्या देखा पर्ने गर्दछ । अहिले कोरोना भाइरस को कारण फेरी एक पटक बजारमा एलपीजी ग्याँसको अभाब सिर्जना भएको छ । आइतबार देखि नेपाल आयल निगमले ग्यास उद्योग सङ्घको सहकार्यमा काठमाण्डौ उपत्यकाका २५ ठाउँमा अतिरिक्त बिक्री केन्द्र सञ्चालन गर्न लागेको जनाएको छ ।

हरेक पटक सानातिना घटना ले समेत एलपीजी ग्याँसको वितरण प्रभावित हुने गरेको हुँदा के नेपालमै खाना पकाउने ग्यासको उतपादन गर्न सकिदैन भन्ने प्रश्न उठ्ने गरेको छ । नेपालमै खाना पकाउने ग्यासको उतपादन सम्भब छ ।

एन्भि पावर इनर्जी एण्ड फर्टिलाईजर प्राली नवलपरासीले बिगत दुइ बर्स देखिन वायोग्याँस उत्पादन गरी बिक्रि बितरण गर्दै आएको छ। सामान्यतः वायोग्याँस भन्ने बिक्तिकै हामीलाई पारम्पारीक गोबर ग्याँसप्लान्टको याद आउँछ तर, एन्भि पावर इनर्जी र फर्टिलाईजर प्रालिले नेपालमा वायोग्याँसको परिभाषा नै बद्लिने गरी काम गरेको छ ।

पछिल्लो नाकाबन्दीको समयमा जतिखेर देशमा पेट्रोलियम पदार्थको अभावले गर्दा आक्रान्त थियो, केही व्यवसायी यसको तोडको कल्पना गर्दै थिए ।

एन्भि पावरले हाल प्रतिदिन आफ्नो प्लान्टबाट ११.६ किलो तौलका १ सय ५० सिलिण्डर ग्याँसको भैरहवा तथा बुटवल लगायतका क्षेत्रमा व्यापारीक विक्रि, वितरण नै सुरु गरिसकेको छ । प्रतिसिलिण्डर १ हजार ४८ रुपैयाँमा कम्पनीले ग्याँस ग्राहकलाई उपलब्ध गर्दै आएको छ ।

आधुनिक जर्मन स्वःचालित प्रविधिमा आधारित यस प्लान्टको कुल लागत २२ करोड रुपैयाँ रहेको छ । जसमा सरकारी अनुदान करिब ४ करोड ३१ लख रुपैयाँ बराबरको सहोग सहित उद्योग सथापना गरको संचालक सन्दिप अग्रवालले लोकपथलाइ बताएका छन् ।

प्लान्टमा ३ हजार ७ सय ५० घन मिटरको डाईजेस्टर तयार गरिएको छ । कम्पनीले कच्चा पदार्थको रुपमा स्थानीय पोल्ट्री फर्मबाट निस्कने कुखुराको सुली, गाई तथ भैसिको गोबर र चिनि मिलको जैविक फोहोर संकलन गरि यसको घोल बाट खान पकाउने ग्यास उत्पादन गर्दै आएको छ ।

हाल बजारमा उपलब्ध एलपी ग्याँस भन्दा यो बायो ग्याँस तुलनात्मक रुपमा १० प्रतिशत लागतमा सस्तो र अप्रत्यक्ष रुपमा ४० प्रतिशत किफायती रहेका संचालक सन्दिप अग्रवालल दाबि गर्दछन ।

प्रत्येक ३५ टन कच्चा पदार्थको प्रयोगगरी प्लान्टबाट करिब १५ सय देखि २ हजार किलो ग्याँस उत्पादन हुन्छ । साथै बाई प्रोडक्टको रुपमा २५ टन अर्गानिक प्राङगारीक मल समेत उत्पादन हुने गर्छ ।

सरकारले यस्ता ग्यास उद्योगहरु लाइ प्रवद्नन गर्न सके करोडौँ रुपैयाँको बर्षेनि हुने एलपी ग्याँस आयातलाई यस्ता उद्योगहरुले प्रतिस्थापन गर्न सक्ने संचालक सन्दिप अग्रवाल बताउदछ । स्वदेशी र सजिलै प्राप्त हुने कच्चा पदार्थमा आधारति यस्ता उधोग को विकास तर्फ राज्य को ध्यान जानु आवस्यक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?