सभामुखको एक महिनाको पारिश्रमिक केन्द्रीय राहत कोषमा

काठमाडौं । सम्मानीयन सभामुख अग्नि प्रसाद सापकोटाले केन्द्रीय राहत कोषमा आफ्नो एक महिनाको पारिश्रमिक उपलब्ध गराउने भएका छन् । सभामुख सापकोटाले सरकारको कोष स्थापना गर्ने निर्णको स्वागत गर्दै आज कोषमा रकम जम्मा गर्ने व्यबस्था गरेका हुन् ।

संघीय संसद सचिवालयको आर्थिक प्रशासन शाखा मार्फत्सो रकम कोषमाजम्माहुने छ । सरकारले कोरोना (कोभिड १९) विरुद्ध लड्न पुर्व तयारी स्वरुप आइतबार केन्द्रीय राहत कोष खडा गरेको थियो । यसैबीच सभामुख सापकोटाले संघीय संसद सचिवालयमा तयार गरिएको आइसोलेसन वार्डको आज अनुगमन गरे ।

उनले सिंहदरबार स्थित संसद सचिवालयको १ नंबर भवनमातयार गरिएको आइसोलेसन वार्डको अनुगमन गर्दै सबैखाले तयारीमा जुट्न सचिवालयका कर्मचारीहरुलाई निर्देशन दिए । कोरोना भाइरस संक्रमित भेटिए अस्पताल पुर्याउनु अघि वार्डमा राख्ने व्यबस्था गरिएको संसद सचिवालय अन्तर्गतको स्वास्थ्य इकाइका डा.पुस्पराज रिजालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?