काठमाडौँ, २१ माघ- बाराको जितपुर–सिमरामा बन्ने बहुप्रतिक्षित दोस्रो अन्तराष्ट्रिय विमानस्थलको काम सुरु हुने भएको छ । एक वर्षअघि चार किल्ला छुट्याइ सीमांकन गरिएको आयोजनाले ६ महिनाअघि वातावरण्य प्रभाव मूल्यांकन प्रतिवेदन सार्वजनिक गरे पनि सुस्त रहेको आयोजनाले एक सातायता मुआब्जा वितरण गर्न थालेपछि निर्माण तयारीका लागि काम धमाधम सुरु भएको हो कोहल्बी नगरपालिका काटगाउँका बासिन्दाहरूले सरकारले तय गरेको मुआब्जा कम भएको भन्दै अटेर गरेका थिए । स्थानीयले राज्यका सबै निकायमा पुगे पनि कतै सुनुवाई नभएपछि मुआब्जा लिँदै छाड्न थालेपछि विमानस्थलको कामले गति पाएको हो काटगाउँ र ककडीका ५५ घरले मुआब्जा लिन आयोजनामा निवेदन दिएको विमानस्थल सिमराका वरिष्ठ अधिकृत विजय यादबले जानकारी दिए । अन्य ५० घरधुरीले पनि निवेदन दिएपछि अव आयोजनाको कामले गति लिने उनको भनाइ छ । विमानस्थल निर्माणका ११ हजार ८ सय बिघा क्षेत्रमध्ये विमानस्थलभित्र पर्ने १ सय १० बिघा नम्बरी जग्गा अधिग्रहण गर्न आयोजना सफल भएको छ । अव १ महिनाभित्र ईआईए प्रतिवेदन मन्त्रालयमा पेश गरिनेवित्तिकै सेनाद्वारा रुख काट्ने काम सुरु हुने आयोजनाले जनाएको छ । विमानस्थल पश्चिमको पसाह खोलामा ७ सय ५० मिटर लम्बाईका तटबन्ध निर्माण कार्यसमेत धमाधम भभइरहेको छ धावनमार्ग अनुसन्धानका लागि आयोजनाले हावाको चाप, दिशा, मापन र तथ्यांक संकलनका लागि मेट्रोलोजिकल डाटा मापन अत्याधुनिक यन्त्र सञ्चालनमा ल्याएको आयोजनाका अर्का अधिकृत शम्भुकुमार मण्डलले बताए । उनले विमानस्थलको मध्यभागमा पर्ने टागिया वस्तीका १ हजार ४ सय ७६ घरधुरीका विषयमा (ईआईए) अनुसार काम अघि बढ्ने बताए, कारोबार दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया