कोरोना भाइरस : डब्ल्युएचओको यस्तो दाबी

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले मात्र लक डाउनले कोरोना भाइरसबाट बच्न नसकिने दाबी गरेको छ ।

भाइरसबाट बच्नको लागि संक्रमणलाई नियन्त्रण गर्नुपर्ने भन्दै डब्ल्युएचओले लकडाउनले मात्रै कोरोनाबाट बच्न नसकिने दाबी गरेको हो ।

संगठनका आपत्कालीन विशेषज्ञ माइका रायनले अहिले संक्रमितहरुको बारेमा ध्यान दिनुपर्ने बताएका छन् ।

संक्रमितहरुलाई आइसोलेसनमा राखेर उनीहरुको उपचारमा केन्द्रित हुनुपर्ने भन्दै उनले संक्रमितहरुका परिवारलार्ई पनि तत्काल परिक्षण गर्नुपर्ने बताएका छन् ।

यदि हामीले यसरी यस किसिमका नियमहरुको पालना नगर्ने हो भने, लकडाउन गरे पनि खतरा भने नहराउने उनले बताए ।

माइकले भने, लकडाउन वा अन्य कुराहरुको बन्देज खुलाइयो भने झनै रोग फैलिने बफैलिन सक्दछ । माइक रायनले यसका लागि चीन, सिंगापुर र साउथ कोरियाको उदाहरण दिएका छन् ।

उनले भने, यि देशहरुले सबै मानिसहरुको स्वास्थ्य परिक्षण गरेको र संक्रमणको समिक्षा गरेको थियो र बच्न सफल भएका छन् ।

अहिलेसम्म बिभिन्न देशले भाइरसको औषधी बनाउन लागि परे पनि अमेरिकाले मात्र अहिलेसम्ममा परिक्षण गरेको बताएका छन् ।

ब्रिटेनमा यस बारेमा काम जारी रहेको र यो काम पुरा हुन वर्षदिन लाग्न पनि सक्ने र भाइरसबाट बच्नको लागि आफैले सतर्कता अपनाउनु पर्ने उनले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?