रणवीर र आलियाको यो फिल्म यस वर्ष पनि रिलिज नहुने

काठमाडौं । करण जाहौरद्वार निर्मित फिल्म ब्रह्मास्त्र अहिलेसम्मकै सबैभन्दा महंगो भारतीय फिल्म भन्ने गरिएको छ । तर यो फिल्म अहिलेसम्म पनि निर्माण भई नै रहेको छ ।

व्रह्मास्त्रको निर्देशन अयान मुखर्जीले गरिरहेका छन् । उनी रणवीर कपूरका साथी समेत हुन् । उनले रणवीरबाट दुई हिट फिल्म ‘वेक अप सिड’ र ‘ये जवानी है दिवानी’ बनाईसकेका छन् ।

व्रह्मास्त्रमा रणवीर कपूर, आलिया भट्ट, अमिताभ बच्चन र मौनी रायको मुख्य भुमीका रहेको छ । यो फिल्म सन् २०१९ मा रिलिज हुने भनिएको थियो, त्यसपछि १५ अगस्ट सन् २०२० मा फिल्म रिलिज गर्ने डेट तोकिएको थियो ।

तर अब भने ४ डिसेम्बर सन् २०२० मा रिलिज गर्ने फाइनल डेट तोकिएको छ । तर अब यस वर्षमा पनि यो फिल्म रिलिज हुन असम्भव देखिएको छ ।

कोरोनाका कारण फिल्मको शुटिङ रोकिएसँगै फिल्म यस वर्ष पनि रिलिज नहुने भएको भारतीय सञ्चारमाध्यममा खबर प्रकाशित छ ।

रणवीर कपूरले यो भन्दा अगाडि सन् २०१८ मा सञ्जु फिल्ममा काम गरेका थिए । तर त्यसपछि भने उनको अहिलेसम्म कुनै चलचित्र प्रदर्शन भएको छैन ।

एजैन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?