काठमाडौं- नेपाली कांग्रेसका नेता तथा प्रतिनिधीसभा सांसद पूर्व स्वास्थ्यमन्त्री गगन थापाले सरकारको कोरोना कोषमा सबै सांसदले एक महिनाको तलब जम्मा गर्ने सुझाव दिएका छन् । सरकारको कोरोना कोषमा हामी प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गरौं।
थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई आश्वस्त पारौँ।’ 
यसैबीच कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण विश्वव्यापी बनेपछि स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आकस्मिक पत्रकार सम्मेलन गरी नेपालको अवस्था बताउने भएका छन् ।
आइतबारको मन्त्रिपरिषद् बैठकले कोरोनाको सम्भावित संक्रमणबाट बच्न र आवश्यक सामग्री खरिद गर्न प्रधानमन्त्री कार्यालयले व्यवस्थापन गर्ने गरी केन्द्रीय कोष बनाउने र त्यसमा सरकारले ५० करोड राख्ने निर्णय गरेको थियो । मन्त्रीहरुले मन्त्रीहरूले एक महिनाको तलब योगदान गर्नेसमेत निर्णय गरेका थिए। सरकारले सोमबारदेखि नेपालमा उच्च सतर्कता अपनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया