फेरि बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि भएको छ । आइतवार प्रतितोला छापावाला सुनको मूल्य ७६ हजार ५ सय रहेको थियो । भने आज तोलामा ५ सयले बृद्धि भइ प्रतितोला छापावाला सुन ७७ हजार कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्य ७६ हजार ७ सय रहेको छ ।

सोमवार चाँदीको मूल्यमा भने स्थिरता छाएको छ । आइतवार प्रतितोला चाँदीको मूल्य ७ सय २० रहेको थियो । भने आज पनि त्यहि मूल्य कायम भइ कारोवार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?