कोरोना भाइरस : स्यानेटाइजरका लागि खाली खुट्टा दौडिए कविर सिंह, भिडियो भाइरल

काठमाडौं । कोरोनाको महामारी अहिले सारा विश्व नै झेलिरहेको छ ।

नको वुहान शहरबाट फैलिएको कोरोना भाइरस अहिलेसम्म १९२ देशमा फैलिइसकेको छ भने यसबाट मृत्यु हुनेको संख्या १४ हजार ६ सय ८७ हजार भन्दा धेरै रहेको छ ।

मानिसहरु भाइरसबाट बच्नको लागि घरमा कैदीको जसरी जीवन यापन गरिरहेका छन् । यसैबीच सोसल मिडियामा एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

भिडियो कविर सिंहको एउटा मुभीको सिनको सहयोगमा बनाइएको छ । भिडियोमा बलिउड अभिनेता कविर सिंह स्यानेटाइजरका लागि दैडिरहेका छन् ।

साथै ब्याकग्राउण्डमा बेखयाली मे भी तेरा ख्याल गाना बजिरहेको छ । यो भिडियो देखेपछि मानिसहरुले आफ्नो हासो रोक्न सक्दैनन् । यो भाइरल भिडियो @Geraltoofrivia  नामको ट्वीटर अकाउण्टबाट शेयर गरिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?