मोबाइलबाट दैनिक १ लाख कारोवार गर्न सकिने

काठमाडौं । अब मोबाइलबाट दैनिक १ लाख रुपैयाँसम्म कारोवार गर्न पाइने भएको छ । डिजिटल कारोवारलाई प्रवद्र्धन गर्ने उदेश्य साथै कोरोनाबाट पर्ने असर कम गर्नका लागि मोवाइलबाट कारोवार गर्न सकिने व्यवस्था गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले आइतबार सर्कुलर जारी गर्दै मोबाइल बैंकिङको कारोबार सिमा वृद्धि गरेको जनाइएको छ ।

हाल विश्वमा नै कोरोना भाइरसको संक्रमणका कारण व्यावसायीक क्षेत्रमा ठुलो असर परेको छ । त्यस्तै सरकारले एकै ठाँउमा धेरै जना जम्मा नहुन तथा अत्यावस्यक बाहेकका सबै क्षेत्र बन्द गर्नको लागि निर्देशन दिएको छ । त्यसै अनुसार आम ग्राहकलाई बैक तथा एटीएम बुथसम्म जान नपरोस् भनेर राष्ट्र बैंकले मोबाइल बैकिङको कारोबारमा सीमामा व्यापक वृद्धि गरेको जनाएको छ ।

राष्ट्र बैंकको सर्कुलर अनुसार मोबाइल बैंकिङ (क्युआर कोड)मा दैनिक एक लाख र मासिक १० लाखसम्म कारोबार गर्न पाइने भएको छ । मेबाइल बैंकिङ(क्युआर कोड)मा यस अघि प्रतिदिन ५० हजार र महिनामा २ लाख रुपैयाँसम्म मात्रै कारोबार गर्न पाइने व्यवस्था गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?