टेलिकमले ल्यायो नयाँ योजना, १८ रुपैयाँमा ७ घण्टा बोल्न सकिने !

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको लागि नयाँ डाटा योजना ल्याएको छ । टेलिकमले ल्याएको अनलिमिटेड सस्तो डाटा प्याक अन्तर्गत प्याकमा एक घण्टासम्म डाटा चलाउन, भ्वाइस कल गर्न वा एसएमएस गर्न सकिने छ । भने नमस्ते सिम प्रयोगकर्ताले २० रुपैयाँमै यो प्याक उपलब्ध हुने टेलिकमले जनाएको छ ।

‘उक्त योजना अन्तर्गत १८ रुपैयाँमा अनलिमिटेड डाटा राति ११ देखि बिहान ६ बजेसम्म चलाउन पाइन्छ ।

त्यसैगरी ९० रुपैयाँमा ७ दिनसम्म राति ११ बजेदेखि बिहान ६ बजेसम्म लगातार जति पनि डाटा प्रयोग गर्न सकिन्छ । टेलिकमका अनुसार रातको समयमा डाटा चलाउनुपर्ने व्यक्तिका लागि यो प्याक निकै उपयोगी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?