कोरोना भाईरसले लियो रियल मड्रिडका पूर्व अध्यक्ष सान्जको ज्यान

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण स्पेनिस क्लब रियल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको निधन भएको छ । स्पेनको एक अस्पतालमा शनिबार राति ७६ वर्षे लोरेन्जोको निधन भएको बीबीसीले जनाएको छ ।

आठ दिनबाट अस्वस्थ्य भएका लोरेन्जो बिहिबार मात्र अस्पताल भर्ना भएका थिए । अस्पताल भर्ना भएपछि चेक जाँचमा उनलाई कोरोनाको संक्रमण देखिएको थियो ।

लोरेन्जो सन् १९९५ देखि २००० सम्म रियल मड्रिडको अध्यक्ष रहेका थिए । उनी अध्यक्ष हुँदा रियलले दुई पटक युरोपियन कप जितेको थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?