कोरोना भाइरस : संयुक्त राष्ट्रसंघको चेतावनी, विषाणु नरोके लाखौँ मानिस मर्न सक्छन्

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुतारेसले एक चेतावनी दिँदै कोरोना भाइरस फैलिनबाट नरोके त्यसबाट लाखौँ मानिसहरुको मृत्यु हुनसक्ने बताएका छन् ।

उनले धेरैजसो आर्थिक हिसावले पिछडीएका देशहरुमा कोरोनाको नियन्त्रण गर्ने उपाय नसोचे नाजुक अवस्था सिर्जना हुनसक्ने बताएका हुन् ।

उनले कोरोना भाइरसका बिरुद्ध समन्वित वैश्विक प्रतिक्रियाको अपील गरेका छन् ।

उनले भने, ‘यदि हामीले जंगलको आगोलाई जसरी विषाणुलाई फैलिन दियौँ भने संसारमा लाखौँ मानिसहरु मर्नुपर्नेछ ।’

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?