धनुषा, २० माघ – संघीय समाजवादी फोरम नेपालले संसदीय दलका नेता निर्वाचनको माध्यमबाट चयन गर्ने भएको छ भोलि आइतबार हुने प्रदेश नं २ प्रदेशसभाको पहिलो बैठक सन्दर्भमा बसेको फोरमको प्रदेशसभा सदस्यको बैठकले संसदीय दलका नेता प्रक्रियागत रूपमा निर्वाचनको माध्यमबाट चयन गर्ने निर्णय गरिएको छ निर्वाचन सम्पन्न गराउन पार्टीका तराई मधेश समितिका अध्यक्ष रेणु यादवको अध्यक्षतामा निर्वाचन समिति गठन गरिएको छ । सदस्यहरूमा प्रदेश समितिका मुख्यसचिव शम्भु झा, सचिव शेषनारायण यादव रहेका छन् । निर्वाचन समितिले आफैँ कार्यविधि तयार पारी निर्वाचनसम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गर्ने बताइएको छ त्यसैगरी बैठकबाट भोलि हुने पहिलो प्रदेशसभा बैठकका लागि प्रदेशसभाका विभिन्न समितिसमेत सदस्यहरू चयन गरेको छ बैठकबाट प्रदेशसभा अध्यक्ष मण्डलमा सञ्चमाया मोक्तान, कार्यव्यवस्था तथा परामर्श समिति सदस्यमा ज्ञानेन्द्रकुमार यादव, योगेन्द्रराय यादव र नियमावली मस्यौदा समितिमा सरोज सिंहलाई चयन गरिएको छ त्यसैगरी बैठकबाट दलको नियमावलीका लागि रामआशिष यादवको संयोजकत्वमा तीन सदस्यीय नियमावली मस्यौदा समिति गठन गरिएको छ । सो समितिको सदस्यमा सञ्जय यादव र पारस साह सदस्य रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया