डिएसपी शाहको ठुलो सफलता, दुईदिनमा करोडभन्दा बढी अवैध सामान बरामद

बारा, २० माघ । बारामा जिल्लामा अवैध सामानहरुको ओसारपसारमा प्रहरीले कडाई शुरु गरेको छ । प्रहरी नायव उपरिक्षक भुवनेश्वर शाहको सक्रियतामा बारा प्रहरीले दुई दिनमा १ करोड ६ लाखको अवैध समानहरु नियन्त्रणमा लिदै अवैध सामानको ओसारपसार नियमन्त्रणको शुरुवात गरेको हो । गत माघ ९ गतेका दिन महेन्द्र आर्दश गाँउपालिकाको हुलाकी राजमार्गको सडकबाट ना ३ च ७००० नम्बर र ना ४ च २८१४ नम्बरको दुईवटा पिकअपमा २ सय बोरामा लोड गरि नेपालबाट भारततर्फ लैजादै गरेको करिब ५० क्विन्टल कालो मरिच प्रहरीले बरामद गरेको थियो । २६ लाख बराबरको को मरिच, ३० लाखको गाडी र गाडी चालकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहिका लागि राजस्व अनुसंन्धान विभाग मध्यामाञ्चल क्षेत्रिय कार्यालय पथलैयामा बुझाएको बारा प्रहरी प्रवक्ता भुवनेश्वर शाहले जानकारी दिए । त्यसैगरि जीतपुर सिमरा उपमहानगरमा वडा नम्बर ४ स्थित पथलैया चौकको सडकमा चेकजाचको क्रममा करिब ५० लाख बराबरको अवैध भारतिय लताकपडाहरु सहित अन्य समानहरु प्रहरीले बरामद गरेको छ । वीरगंजवाट नेपालगंज तर्फ जादै गरेको ना ४ ख ९१३९ नम्बरको ट्रकलाई पथलैया प्रहरीले शंका लागि चेकजाच गर्दा कपडा, औषधी, ग्यास लाईटर बरामद गरि राजश्व अनुसन्धान विभाग मध्यामाञचल क्षेत्रिय कार्यालय पथलैयामा बुझाइएको प्रवक्ता शाहले बताए । प्रहरीलाई कुटपिट र हतियार खोस्ने पक्राउ जिल्ला प्रहरी कार्यालय बाराले गस्तीमा रहेको प्रहरीलाई कुटपिट गरी हतियार खोस्ने एक जना अभियुक्तलाई बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरीलाई कुटपिट र हतियार खोस्ने कलैया उपमहानगरपालिका १२ निवासी ५१ वर्षिय फुलेना साह गोंढलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । बितेको बैशाख ११ गते विहान जिल्लाबाट प्रहरी हवल्दार शेष मसुरुलको कमाण्डमा मोटरसाईकलमा खटि गएको प्रहरीको गस्ती टोलीमाथि तस्करी गर्ने तस्करहरुको एक समुहले कुटपिट गर्दै हतियार समेत खोसेका थिए । भारतबाट अवैध रुपमा चोरी पैठारी गरी राजस्व छली नेपाल तर्फ भित्रयाईरहेको अवस्थामा २०÷२५ जनाको संख्यामा रहेका तस्करहरुको समुहले प्रहरीमाथि आक्रमण गरेको थियो । भन्सार छली साईकलमा नेपाल तर्फ भित्रयाईरहेको अवस्थामा कलैया उपमहानगरपालिका १२ धर्मनगर स्थित रहेको नेपाल ईट्टा उद्योग नजिक प्रहरीमाथि तस्करहरुको समुहले कुटपिट गर्दै हतियार खोसेको थियो । प्रहरीले बोकेको सर्टगन एक थान तस्करहरुको समुहले लुटी ईट्टा–भट्टामा लुकाएको अवस्थामा सोही दिन प्रहरीले फेला पारेको थियो । उक्त घटनामा संलग्न रहेका गोढमाथि डांका तथा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भईसकेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक एवम प्रवक्ता भुवनेश्वर साहले बताए । मुद्दा दर्ता पछि फरार रहेका गोढलाई मंगलबार सांझ पक्राउ गरिएको पत्रकार सम्मेलन मार्फत प्रवक्ता साहले बताए । लुकी छिपी भारतमा बस्दै आएका गोंढ नेपाल प्रवेश गर्ने बितिकै प्रहरीले पक्राउ गरेको बताए । पक्राउ परेका गोंढलाई डांका तथा ज्यान मार्ने उद्योगमा जिल्ला अदालत बाराबाट म्याद थप गराई आवश्यक अनुसन्धान जारी रहेको प्रवक्ता शाहको भनाई छ। प्रहरीमाथि कुटपिट गर्ने र प्रहरीले बोकेको हतियार खोस्ने घटनामा संलग्न अरु अभियुक्तहरु फरार रहेको र तिनीहरुको खोजी कार्य जारी रहेको प्रवक्ता साहले बताए । प्रहरीको यस्तो किसिमको सक्रियताले वारामा शान्ती सुरक्षा बहालीमा धेरै टेवा पुगेको नेपाल विद्यार्थी संघका सह महामन्त्री एवं बारा निवासी राजेश रौनियार बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?