काठमाडौं, २० माघ । राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश २ को मुख्यमन्त्रीमा दाबी कायमै रहेको बताएको छ शनिबार अध्यक्ष मण्डलको उपस्थितिमा बसेको प्रदेश २ को संसदीय दलको बैठक दलको नेता चयन गरेन प्रदेशसभा सदस्य जितेन्द्र सोनलले भने, ‘दुवै पार्टी मिलेर प्रदेश सरकार बनाउने हो । कसको नेतृत्व छलफलबाछ तय हुन्छ ।’अर्काप्रदेशसभा सदस्य मनिस मुमनले भने, ‘कुन पार्टीको भन्दा पनि सक्षम मुख्यमन्त्री बन्नु पर्ने बताए । उनले यसबारे फोरमसँग छलफल गर्न बाँकी रहेको बताए शनिबार बसेको बैठकले प्रदेशसभाको पहिलो बैठकमा जितेन्द्र सोमलले सम्बोधन गर्ने तय गरेको छ । साथै प्यानल अध्यक्षता नवलकिशोर साहले गर्ने, कार्यव्यवस्था परामर्श समितिमा मनिष सुमन र सुरिता साहलाई पठाउने निर्णय गरेको छ सर्बदलीय बैठकमा सुरिता साह अभिराम शर्मा र परमेश्वर साह तथा नियमावली मस्यौदा समितिमा रामनरेश राय, डिम्पलकुमारी झा र रमेश पटेललाई पठाउने निर्णय गरेको छ भोलि प्रदेशसभाको पहिलो बैठक बसेपछि फेरि संसदीय दलको बैठक बस्ने र संसदीय दलको नेता लगायतबारे निर्णय गर्ने प्रदेशसभा सदस्य उपेन्द्र महतोले बताए भोली हुने प्रथम प्रदेश सभा बैठकमा जितेन्द्र सोनलले शुभकामना मन्तब्यमा गर्ने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया