विदेशमा रहेका नेपालीलाई राहत हुने, परराष्ट्रले पठायो अनुरोध पत्र

काठमाडौं । परराष्ट्र मन्त्रालयले विदेशमा भएका नेपालीहरुको भिसा थपिदिन नेपाल सरकारलाई अनुरोध पत्र पठाएको छ ।

भिसा अवधि सकिनेहरुका लागि सम्बन्धित देशमा रहेका नेपाली दूतावासमार्फत भिसा अवधि थपिदिन परराष्ट्र मन्त्रालयले अनुरोधपत्र पठाएको हो ।

कोरोना संक्रमणको जोखिम न्युनीकरणका लागि सरकारले बुधबार खाडीसहित ५५ मुलुक र ती मुलुकलाई ट्रान्जिट बनाएर आउने सबै मुलुकका यात्रुलाई नेपाल आउन रोक लगाएको थियो ।

विदेशमा रहेका नेपालीको भिसा अवधि सकिए पनि स्वदेश फर्किन रोक लगाउने सरकारको निर्णयले उनीहरुलाई अप्ठ्यारोमा पारेको परराष्ट्र मन्त्रालयको भनाइ छ ।

भिसा सकिएकालाई पनि नेपाल फर्किन रोक लगाउने सरकारको निर्णयप्रति गैरआवासीय नेपाली संघ ९एनआएनए० ले पनि आपत्ति जनाएको छ ।

चीनको वुहान शहरको सामुन्द्रिक बजारबाट गत डिसेम्बर अन्तिम साता फैलिएको यो भाइरस कोभिड १९ यो समाचार तयार पार्दासम्म विश्वका १ सय ८२ देशमा फैलिसकेको छ । १० लाख ४८ हजार २ लाख ४५ हजार नौ सय १६ जना मानिस यस रोगबाट संक्रमित भएका छन् । ८८ हजार ४ सय ६५ जना मानिस उपचार गरेर घर फर्किएका छन् । करोडौँ मानिस आईसोलेसनमा छन् । केहि घरमा नै सेल्फ आईसोलेसनमा छन् । अधिकांश देशले हवाई र स्थल सिमामा प्रतिवन्ध लगाएका छन् । मानिसहरु डराएका छन् । व्यापार व्यवसाय ठप्प छ । शहरहरु सुनसान छन् । वैज्ञानिकहरु औषधीको खोजीमा जुटेका छन् ।

चीनले गत साता नै कोरोनाको औषधीमा सफलता मिलेको बताएको भएतापनि हालसम्म टेष्ट किट मात्रै बजारमा आएको छ ।
कोरोनाविरुद्धको भ्याक्सीन तयार पारेको भनेतापनि हालसम्म यसको पुष्टि भएको छैन । यद्यपी चीनले ल्याबबाट प्रमाणित भएको कोरोना टेष्ट किट विभिन्न देशमा पठाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?