भोलिबाट पशुपतिको आरती नहुने

काठमाडौं । कोरोना कारण पशुपतिमा गरिने आरती शनिवारबाट रोकिने भएको छ । कोरोना संक्रमण थप बढि नहोस भन्नका लागि सरकारले ठुलो भिडभाड नगर्नका लागि निर्देशन दिइसकेको छ । सरकारको अनुरोध अनुसार पशुपति क्षेत्र बिकास कोषले नियमित नित्य पूजा चलेपनि आरती रोक्न लागेको हो ।

मन्दिर क्षेत्रभित्र प्रवेश गर्ने यात्रुलाई हात धोएर मात्रै जाने व्यवस्था गरिएको छ कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए । साथै उनका अनुसार पूजाअर्चनामा समेत विशेष सतर्कता बढाइएको छ ।

संक्रमण थप जटिल नबनोस भन्नका लागि घाट तथा विद्युतीय शवदाह गृहको सरसफाइलाई पनि ध्यान पुर्‍याइएको खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?