एनआरएनएका अध्यक्ष पन्त भन्छन्– नेपालीलाई स्वदेश फर्कन नपाउने सरकाको निर्णय अव्यवहारिक

काठमाडौं । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै सरकाले लगाएको प्रवासी नेपालीलाई स्वदेश रोक प्रति गैर आवासीय नेपाली संघ (एनआरएनए)ले आपत्ति जनाएको छ ।

सरकारको उक्त निर्णय अव्यवहारिक भएको एनआरएनले निष्कर्ष निकालेको हो ।

एनआरएनए अध्यक्ष कुमार पन्तको संयोजकत्वमा बिहीबार बसेको उच्चस्तरीय अनुगमन समितिको बैठकमा पन्तले सरकारको निर्णयलाई आलोचना गरेका हुन् ।

अध्यक्ष पन्तले कोरोना संक्रमणले विदेशमा रहेका विद्यार्थी तथा वैदेशिक रोजगारमा रहेका नेपाली समुदायले चरम कठिनाइ भोग्नुपर्ने अवस्था आउन लागेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?